एमालेले बोलायो गोकर्ण रिसोर्टमा  आवासीय बैठक

राजनीति असोज ३१ २०७४ .
 cpn uml

 

काठमाडौं–असोज ३१, आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे सवै विषय टुङग्याउन नेकपा एमालेले अावासीय स्थायी समिति बैठक बोलाएको छ । काठमाडौको गोकर्ण रिसोर्टमा बोलाइएको बैठकमा उम्मेदवार छनोट, घोषणापत्र निर्माण र एमाले माओवादी कार्यगत एकताबारे ठोस निर्णय गर्नेछ । 
एमाले सचिव योगेश भटराईका अुनसार बैठकले निर्वाचनसँग सम्बन्धीत सवै विषयको छिनोफानो गर्नेछ । ‘धेरै विषयहरु टुङग्याउनुपर्नेछ, निर्वाचन कार्यतालिका अनुसार काम गर्नुपर्नेछ त्यहि भएर छिटोभन्दा छिटो निर्णय गर्न एकान्त स्थान खोजिएको हो,’ सचिव भटराइले बताए । यसअघि गत दोस्रो संविधानसभा निर्वाचनका वेला पनि एमालेले आवासीय बैठक बोलाएको थियो । 

गोकर्ण रिसोर्टमै भएको उक्त बैठकमा एमाले नेताहरु केपी ओली र माधव नेपालबीच चुलिएको विवादबारे छलफल भएको थियो । सोही बैठकपछि एमालेभित्र कुनै विवाद नभएको भन्दै नेता नेपाल र ओलीले पार्टी एकढिक्का भएको घोषणा गरेका थिए । 

अहिले पनि एमालेभित्र उम्मेदवार छनोटमा विवाद भएपछि आवासीय बैठक रोजिएको बताइएको छ ।

समानुपातिक सुचि तयार गर्दा अध्यक्ष ओलीले एकपक्षिय सिफारिस गरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि उक्त बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

 ‘पार्टीभित्र पनि केही असन्तुष्टि भए सोही बैठकले निकास निकाल्छ, तर, त्यो भन्दा पनि बढि महत्वपूर्ण विषय भनेको उम्मेदवार छनोट, चुनावी घोषणापत्र र गठबन्धनभित्रको सन्तुलन कायम गर्ने विषय महत्वपुर्ण हुन्छ त्यसैमा केन्द्रीत भएर छलफल हुन्छ’ नेता भटराइले बताए । बैठक मंगलबार ३ बजेबाट बस्नेछ । तीन दिनका लागि बोलाइएपनि जतिसक्दो चाडो सक्ने तयारी भइरहेको बुझिएको छ । 

यसअघि एमालेले विगत एकसाता यता बालाएको स्थयी कमिटी बैठक पटकपटक स्थगित हुनुका साथै आक्लझुक्कल बसेपनि नेताहरुबीच उम्मेदवार छनोटमा बिबाद हुँदा विना निश्कर्ष सकिने गरेको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top