गच्छदार कांग्रेसमा समायोजन: लिखित सहमति भयो, एकता घोषणा आज

राजनीति असोज ३० २०७४ .
19527624781489662206ga.

काठमाडौं, असोज  नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र उनको पार्टी आज नेपाली कांग्रेसमा समायोजन हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ कार्यक्रम आयोजना गरिएको भए पनि पार्टी एकीकरणको औपचारिक घोषणा सोमबार बिहान मात्र हुने भएको हो। एक सातादेखि पार्टी एकीकरणको तयारी भए पनि कार्यविभाजनमा कुरा नमिल्दा एकीकरण भएको थिएन। प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटका लागि कुरा नमिलेपछि आइतबारको कार्यक्रम लम्बिएको थियो। दुई पार्टीबीच एकीकरणका विषयमा भने लिखित सहमति भएको छ। 

पार्टीमा बृहत् छलफलपछि कांग्रेससँग एकता गर्ने निर्णयमा आफू पुगेकाले यो निर्णय लिएको गच्छदारले बताए। दुई सातादेखि गच्छदारले कांग्रेससँगको एकताबारे पार्टीभित्र छलफल गरेका थिए। 'पार्टीमा चुनावअघि नै कांग्रेससँग एकता गरेर जानुपर्ने कुरा आएपछि म साथीहरुको सल्लाह अनुसार कांग्रेससँग एकताको निर्णयमा पुगेको हुँ,' उनले भने।

मधेसकेन्द्रित दललाई समेत सहभागी गराएर बृहत् लोकतान्त्रिक मोर्चा बनाउने कांग्रेसको कसरत थियो। राजपा र संघीय समाजवादी फोरम नेपाल नआउने भएपछि गच्छादारलाई ल्याउने कांग्रेस शीर्ष नेताहरुले कसरत गरेका थिए। 

गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनअघि कांग्रेस छोडेर तत्कालीन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। मूल पार्टी छोडेका गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किन लागेका हुन्। 

२०४८ देखि २०५६ सालसम्म उनी कांग्रेसका सांसद थिए। कांग्रेस फुटाएर शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनी देउवासँगै गएका थिए।

कांग्रेसको राजनीति छाडेर २०६४ माघमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। 

२०६६ सालमा प्रचण्ड सरकारबाट बाहिरिपछि उनले पार्टी फुटाएर माधव नेपालको सरकारमा सहभागी भए। नेपाल सरकारमा सहभागिताका लागि उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेका थिए।


 

प्राप्त प्रतिकृयाहरू

To Top