विघटित संसदका उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश 

राजनीति असोज २९ २०७४ .
Gangaprasad yadav 768x526 768x396

 


काठमाडौं,असोज २९– विघटित संसदका उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गर्नुभएको छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगी यादव एमाले प्रवेश गर्नुभएको हो । 

राप्रपाबाट सांसद रही २०७२ असोजमा उपसभामुख निर्वाचित हुनुभएका यादव आफूले प्रतिनिधित्व गरेको दल राप्रपाले राजनीतिक मुल्य मान्यता त्यागेको निश्कर्ष निकाल्दै एमाले प्रवेश गर्नुभएको हो । पार्टी प्रवेशका लागि ओली निवास बालकोट पुग्नु भएका यादवलाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गर्नुभएको थियो । समारोहमा संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवा स नेम्वाङ पनि हुनुहुन्थ्यो । 

यादवले देशको आवश्यकता अनुसार एमालेलाई बलियो बनाउनु पर्ने वताउनु भयो । हिमाल पहाड र तराईलाई जोड्न र राष्ट्रियतालाई बलियो बनाउन आफू एमाले प्रवेश गरेको वताउनुभयो । ‘म देश र जनताको सेवा गर्न र राष्ट्रियताको सम्बद्र्धन गर्न एमाले प्रवेश गरेको हुँ’ यादवले भन्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top