द्रूतमार्गको डीपीआर भारतीय कम्पनीकै किन्ने सरकारको निर्णय 

समाज असोज २८ २०७४ .

 

काठमाडौं, असोज २७  सरकारले काठमाडौं– निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिए पनि त्यसको विस्तृत अध्ययन प्रतिवेदन भने भारतीइ कम्पनीकै किन्ने भएको छ । द्रूतमार्ग निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिन नहुने तीब्र जनदवावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 

नेपाली सेनाले निर्माण गर्ने भनिए पनि द्रूतमार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवदेन भने भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)बाटै किन्ने निर्णय देउवा सरकारले गरेको हो । आइएल एण्ड एफएसले स्थलगत नभई गुगल म्यापका आधारमा उक्त अध्ययन प्रतिवेदन तयार पारेको छ । कम्पनीका नेपाली एजेन्ट प्रधानमन्त्री शेरबहादुर देउवाका साला हुनुहुन्छ । 

द्रूतमार्ग निर्माण नेपाल आफैंले गर्ने निर्णय निर्णय गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले १० अर्व रुपैयाँ बजेट छुट्याएपछि तत्कालीन प्र्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयता गुम्ने भन्दै विरोध जनाउनु भएको थियो । 

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई दिने उल्लेख गरेको छ । सुरुमा द्रुतमार्गलाई बुट प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । नेपाली सेनाले द्रूतमार्ग बनाउने भए पनि डीपीआर भने आफ्नो किन्नु पर्ने सर्त दाहाल नेतृत्वको सरकारसँग राखेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top