नयाँ शक्तिले `सूर्य´ छाडेर `आँखा´ रोज्यो !

राजनीति असोज २८ २०७४ .

काठमाडौं, असोज २७
नयाँ शक्ति पार्टी नेपाल आगामी हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह `आँखा´ लिइए जाने भएको छ । आज राजधानीमा नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गत असोज १७ गते भएको बामगठबन्धन गरका सो दलहरूले एउटै कम्युनिस्ट पार्टी बनाउनेसम्म उद्घोष गरेका थिए । जतिबेला नयाँ शक्तिले एमालेको चुनाव चिन्ह `सूर्य´ लिएर जाने बताएको थियो । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखाबाट प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, माओवादीले गोरखाको दुबै निर्वाचन क्षेत्र कसैलाई नछाड्ने र भट्टराईले काठमाडौं वा अन्य क्षेत्रबाट उम्मेदवारी दिन आग्रह गरेको थियो । भट्टराईले गोरखाबाटै चुनाव उठ्ने बरु बामगठबन्धनबाट बाहिरिनेसम्मको चेतावनी दिँदै आएका थिए । त्यस्तै, बामपन्थी गठबन्धनको महाअभियानमा उभिएको नयाँ शक्तिलाई अपमानित गर्न खोजिएकाले आफ्नै चुनाव चिन्हमा आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने सोही पार्टीकी प्रचार बिभाग सहसंयोजक अरुणा रायमाझीले बताइन् ।

नयाँ शक्तिको संघीय सचिवालय बैठकले गरेका निर्णयहरु :

१. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

२. संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने ।

यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने:

१. डा. बाबुराम भट्टराई – गोरखा–२

२. कृष्णकुमार चौधरी – कैलाली–३

३. दानबहादुर चौधरी–कपिलबस्तु–१

४. प्रेम तामाङ – रसुवा ५. मदन राई – खोटाङ

३. समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।

४. उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।

प्राप्त प्रतिकृयाहरू

To Top