समाचार / राजनीति

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान, चुनाव सार्ने प्रस्ताव 

असोज २६ २०७४     .

काठमाडौं, असार २६ – प्रधानमन्त्री शेरबहादुर देउवाको आयोजनामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ । मंसिर १० गते पहिलो चरणका लागि तोकिएको चुनाव पछि सार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो । 

चुनाव सार्न बाम गठबन्धनका एमाले र माओवादी सहमत भए आजै मन्त्रिपरिषदको बैठक बसी निर्वाचन सार्ने तयारी प्रधानमन्त्री देउवाको छ । बाम गठबन्धन बनेपछि चुनाव सार्नु पर्ने बहस सत्तारुढ नेपाली कांग्रेस भित्र चल्दै आएको थियो । 

सरकारले यसअघि मंसिर १० गतेका लागि तोकेको चुनाव दुई चरणमा बाँडेर मंसिर १० र २१ गते गर्ने निर्णय गरेको थियो । मध्यपछि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने भन्दै ती क्षेत्रमा मंसिर १० गते अगावै चुनाव गरिसक्नु पर्ने हुन्छ । तर, तयारी नपुगेको भन्दै चुनाव सार्ने प्रयास सरकारले गरिरहेको छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी पूरा भइसकेको जनाउँदै घोषित चुनावलाई असर पर्ने कुनै निर्णय नगर्न सरकारलाई आग्रह गर्दै आएको छ । 
 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top