समाचार / राजनीति

सरकार चुनाव नगर्ने गृहकार्यमा

असोज २५ २०७४     .

काठमाडौं, असोज २५ सरकार चुनाव नगर्ने बहाना खोजिरहेको आशंका गरिएका बेला सरकारका एक मन्त्रीले मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सार्ने गृहकार्य भइरहेको स्वीकार गर्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन मिति तलमाथि हुन सक्ने वताउनुभएको हो । 

उहाँले तयारी नपुगेको भन्दै मंसिर १० गतेको चुनाव २१ गते एकै चरणमा हुन सक्ने वताउनुभयो । निर्वाचन आयोगले भने चुनावको तयारी पूरा भएको भन्दै चुनाव प्रभावित निर्णय नगर्न सरकारलाई चेतावनी दिंदै आएको छ ।

 तलमाथि भए पनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने उनको भनाइ छ । 

रिपोर्टर्स क्लवको साक्षात्कारमा मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने वताउनुभएको हो । ‘केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको छ, विशेष राजनीतिक कारणले मंसिर १० गते तोकिएको चुनाव मंसिर २१ गतेका लागि सार्ने गृहकार्य भइरहेको छ’ मन्त्री थापाको भनाई थियो । उहाँले सरकारका गतिविधिलाई प्रतिपक्षी दलले साथ नदिएको पनि आरोप लगाउनुभयो ।  ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ’ मन्त्री थापाले भन्नुभयो, ‘मंसिर १० गतेको चुनाव तलमाथि भए पनि २१ गतेको चुनाव तलमाथि हुँदैन ।’ 


 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top