एमाले र माओवादी केन्द्रले बोलायो छुट्टाछुट्टै बैठक

राजनीति असोज २१ २०७४ .
Uml moaist jbpkxkccf0


काठमाडौं,असोज २१
 मंगलबार  बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेका माओवादी केन्द्र र  नेकपा एमालेको आज छुट्टाछुट्टै बैठक बस्दै छ । 
एमाले स्थायी समिति बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ  ।
आफ्नो नेतृत्वमा वामगठबन्धन निर्माण गरेको एमालेले गठबन्धन निर्माणपछि पहिलोपटक स्थायी कमिटि बैठक बोलाएको हो ।

बैठकमा वाम गठबन्धन, घोषणापत्र निर्माण र भावी रणनीतिलगायत विषयमा छलफल हुने छ ।
एमाले सचिव योगेश भट्टराईले चुनावी तालमेल, घोषणापत्र निर्माण र भावी रणनीति बैठकको मुख्य एजेन्डा भएको जानकारी दिए । उनका अनुसार बैठकले यसबारे ठोस निर्णय गर्नेछ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी कमिटीले गरेका सिफारिसहरुबारे समेत छलफल हुने बताइएको छ ।

माओवादी पोलिटब्यूरोको बैठक राष्ट्रिय सभागृहमा उही समयमा बस्दैछ । 

प्राप्त प्रतिकृयाहरू

To Top