बामपन्थी ध्रुवीकरणविरुद्ध कांग्रेस बैठक सुरु

राजनीति असोज २० २०७४ .
Congress leaders


काठमाडौं,असोज २० 
सरकारको नेतृत्वकर्ता दल नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा बाम गठबन्धनलाई आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त गर्ने रणनीति तय गर्ने नेताहरुले बताएका छन् । त्यस्तै बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माणपछि देखिएका चुनौतिबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ । 

त्यस्तै हिजोको कांग्रेस कार्यसम्पादन समिति बैठकमा नेताहरुले राखेका विभिन्न प्रस्तावबारे पनि छलफल गर्ने बताइएको छ । कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीलगायतका नेताहरुले  सरकारमा सहभागि माओवादीका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव गरेका थिए । यस्तै कांग्रेसको यो बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका निश्चित मापदण्ड र विधिबारे छलफलपछि  निर्णय गर्ने बताइएको छ । 

खासगरी स्थानीय तहमा उम्मेद्धार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने या नबनाउने भन्नेमा आजको बैठकमा छलफल केन्द्रीत हुने नेता प्रकाशसरण महतले जनाकारी दिए । 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्नेलाई उम्मेद्धार बनाउनुपर्ने धारणा राखेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top