समाचार / स्वास्थ्य

डा. केसीले १३ औं अनशन सुरू गरे 

असोज १९ २०७४     .
Dr kc

 काठमाडौं.आश्विन १९
चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा गोविन्द केसीले बिहीबार अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गरेका छन् । 

त्रिवि शिक्षण अस्पताल हातामा गरिएको यो उनको १३ औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्‍बाट पारित गर्न लागिएको भन्दै उनले १२ औं आमरण अनशन सुरु गरेका थिए । अनशन सुरू भएपछि संसद्बाट उक्त ऐन पारित नभएपछि दसैंलाई दृष्टिगत गर्दै डा केसीले अनशन स्थगित गरेका थिए । त्यस बेला नै उनले असोज १९ गतेदेखि पुनः अनशन सुरू गर्ने बताएका थिए ।

गत नवमीको दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डा केसीले चिकित्सा शिक्षा ऐनलगायत विषयमा जानकारी दिँदै आफू बिहीबारदेखि अनशन बस्ने बताएका थिए ।


 

0 प्रतिकृयाहरू प्राप्त

To Top