दिल्ली दूतबाट राजीनामा दिई ‘मिसन’ सहित राजनीतिमा फर्कदै उपाध्याय

राजनीति असोज ९ २०७४ .
Xdeep p20rajdut.jpg.pagespeed.ic.escd7eul0c

काठमाडौं, असोज  ९– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय राजदुतबाट राजिनामा दिई फेरी राजनीतिमा आउने हुनुभएको छ । राजदुतमा पुन नियुक्त भएको एक बर्ष पनि नपुग्दै उहाँले दिल्ली मिसन छोड्न लाग्नुभएको हो ।

स्थानीय  तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुन थालेका बेला उपाध्याय आफ्नो कार्यकाल पुरा नगरी राजनीतिमा फर्कन लाग्नुभएको हो । सरकारले मंसिर १० र २१ मा प्रादेशिक र संघीय संसदको निर्वाचनको घोषणा गरेको छ ।

सुशिल कोइराला सरकारले भारतका लागि राजदुत नियुक्त गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सरकारको सही प्रतिनिधित्व’ गर्न नसकेको भन्दै फिर्ता उहाँलाई बोलाएको थियो । भारतले नेपालको संविधानप्रति असन्तुष्टी जनाएर नाकाबन्दी लगाएका बेला नाकाबन्दी खोलाउनतिर भन्दा भारतीय सरकारकै ‘दुत’ का रुपमा उहाँ प्रस्तुत हुनुभएको थियो ।

मन्त्रिस्तरीय ‘स्टाटस’ मा नियुक्ति गरिएका उहाँले प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयलाई समेत जानकारी नदिई  निरिक्षणमा नाममा तनावपूर्ण सिमाहरुको भ्रमण गर्नुभएको र नाकाबन्दीमा भारतीय धारणाकै समर्थन गरेका कारण फिर्ता बोलाइएको थियो । त्यतिमात्र होइन उहाँले ओली नेतृत्वको सरकारलाई ढाल्नका निम्ति भारतीय खुफिया एजेन्सीदेखि सत्तारुढ भाजपाका नेताहरुसँग पटक पटक बैठक गरेका विवरण सार्वजनिक भएका थिए ।  

ओली सरकार ढालेपछि भारतीय योजनामा बनेको पुष्पकमल दाहाल नेतृत्वको नेंका–माके सरकारले उनै उपाध्यायलाई फेरी भारतकै लागि राजदुत नियुक्त गरेको थियो । काठमाडौ–तराई जोड्ने द्रुतमार्ग भारतलाई निर्माण गर्न दिनुपर्ने देखि नेपालका ठूला परियोजनाहरुमा भारतले प्राथमिकता पाउनुपर्ने ‘लविङ’ गर्दै आउनु भएका उपाध्यायले नयाँदिल्लीमा बसेर बेइजिङबिरोधी धारणा समेत राख्दै आउनुभएको छ ।

ओली सरकारले उहाँलाई फिर्ता बोलाएपछि भारतमा ठूलै हँगामा भएको थियो । भाजपाका महासचिव राम माधवले राजदुत फिर्ता बोलाएको समाचारलाई ‘नेपालमा भारतबिरोधी भावना चर्काइएको’ भन्दै ट्वीट गर्दै त्यो दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको थियो । भारतीय सत्तारुढ भाजपाको थिङट्यांक ‘ईण्डिया फाउण्डेसन’ मार्फत तत्कालिन पार्टी सभापति देउवालाई भारत भ्रमण गराएर सम्बन्ध जोड्नुभएका उहाँले ‘एक चीन’ नीतिबिरुद्ध देउवालाई उकासेर भारतीय संस्थापना निकट भएको पहिचान बनाउनुभएको छ ।

श्रोतका अनुसार, राजदुत उपाध्याय सत्तारुढ भाजपाका केही नेता र भारतीय सरकारका केही अधिकारीसँगको परामर्शपछि नै राजनीतिमा फर्कन तयार हुनुभएको हो । २०६४ को संविधानसभा निर्वाचन कपिलबस्तु–१ बाट निर्वाचित हुनुभएका उपाध्याय कांग्रेसका केन्द्रीय कोषाध्यक्ष र पूर्व पर्यटनमन्त्री समेत हुनुहुन्छ । भाजपाका केही नेताले राजदुत उपाध्यायलाई कपिलबस्तुबाट निर्वाचन लडेमा सहयोग गरी बिजयी गराउनेसमेत आश्वासन दिएका कारण उहाँ राजनीतिमा फर्कन तयार हुनुभएको हो ।  
 

 

प्राप्त प्रतिकृयाहरू

To Top