१३१ स्थानीय तहको नतिजा घोषणा, अब मात्र ५ तहको बाँकी

राजनीति असोज ९ २०७४ .
Pradesh 2 proviance 2 %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6 %e0%a4%a8%e0%a4%82 %e0%a5%a8

काठमाडौं, असोज ९– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
२ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ ।

नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन् भने बाराका तीन स्थानीय तहको मतपरिणाम पनि आउन बाँकी छ । बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाँउपालिकाको मतगणना जारी रहेको छ ।

प्रदेश नम्बर २ को एकमात्र वीरगञ्ज महानगरापालिकाको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने देखिएको छ । प्रदेश नम्बर २ मा सवैभन्दा बढि तह जित्नेमा नेपाली कांग्रेस भएको छ । उसले ३८ स्थानीय तहमा जित हासिल गरेको छ । २५ स्थानीय तहमा जित हासिल गरेको संघीय समाजवादी फोरम दोस्रो र २४ स्थानीय तहमा जित हात पारेको राष्ट्रिय जनता पार्टी तेस्रो बन्ने निश्चित जस्तै भएको छ ।

त्यस्तै माओवादी केन्द्र चौथो र एमाले पाचौं दल बनेका छन् । माओवादी केन्द्रले २१ र एमाले १६ स्थानमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरमले ३ तथा अन्य दलले बाँकी ३ स्थानीय तहमा जित हासिल गरेका छन् । गणना भईरहेका स्थानीय तहमध्ये संघिय समाजवादी फोरम २, कंग्रेस १ र एमाले २ स्थानमा अगाडि छन् ।
मत गणना जारी रहेका स्थानीय तह
जिल्ला  -   स्थानीय तह
पर्सा– विरगञ्ज महानगरपालिका
सप्तरी– राजविराज नगरापालिका
बारा– कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका, र बारागढी गाउँपालिका ।

प्राप्त प्रतिकृयाहरू

To Top