१०६ स्थानीय तहको नतिजा आयो, अब ३० तहको नतिजा आउन बाँकी

राजनीति असोज ७ २०७४ .
Pradesh 2 proviance 2 %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6 %e0%a4%a8%e0%a4%82 %e0%a5%a8

काठमाडौं ,असोज ७,–

असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ ।
शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ  भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगरपालिकाको नतिजालाई महत्वका साथ हेरिएको छ ।  
जसअनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्र १९, राजपा १८, एमाले १२, फोरम लोकतान्त्रिक ३  तथा नयाँ शक्ति र जनता दल १–१ स्थानीय तहमा विजयी भएका छन् ।
 नतिजा आउन बाँकी ३० तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ  । यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता छ भने  एमालेको ७ तहमा अग्रता रहेको छ ।  यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top