जनकपुरमा चुनावी मतपरिणाम रोचक हुँदै

राजनीति असोज ६ २०७४ .
Matgadana

धनुषा, असोज ६– प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ ।

कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् ।

मेयरमा राजपाका उम्मेदवारले १० हजार ६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ३ हजार २ सय ४१ मत मात्र ल्याएको छ ।

त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । तेस्रो स्थानमा एमाले निकै पछि रहेको छ ।

जनकपुर उपमहानगरकोे ताजा अपडेट
राजपा
मेयर–१००६२
उप मेयर –६१८७

कांग्रेस
मेयर–३२४१
उपमेयर–२९१०

एमाले
मेयर–९५४
उपमेयर–१०००

प्राप्त प्रतिकृयाहरू

To Top