तेस्रो चरणको निर्वाचन इतिहासमै शान्तिपूर्ण : गृहमन्त्री शर्मा

राजनीति असोज ६ २०७४ .
Janardan sharma prabhakar 1

काठमाडौं, असोज ६– गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेका छन् ।

गृहमन्त्री शर्माले सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले स्थानीय तह तेस्रो चरणको निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गर्दै गृहमन्त्री शर्माले निर्वाचनमा हिँसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको बताए ।

सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिवद्ध रहेको पनि गृहमन्त्री शर्माको भनाई थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top