‘वान बेल्ट वान रोड’ माथि काठमाडौंमा सम्मेलन

राजनीति असोज ६ २०७४ रासस
Obor goes global 1493102139 5747 yec5gncpq7

काठमाडौँ ,असोज ६ -

दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ ९एक क्षेत्र एक मार्ग० प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ ।

तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको सो दुईदिने सो सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान तथा नेपालका प्रतिनिधि सहभागी छन् ।
सम्मेलन शुभारम्भ गर्दै नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले दक्षिण एशियाली क्षेत्रको विकास शान्ति र स्थिरताबाट मात्र सम्भव हुने भएकाले एक डलरभन्दा कम आम्दानी हुने यस क्षेत्रका जनताको आर्थिक विकासका लागि सबैले गम्भीर भएर लाग्नुुपर्ने बताउनुभयो । सम्मेलनले यस क्षेत्रका जनताले भोगेका समस्या तथा विकासका प्रयासबारे आ–आफ्नो अनुभव आदान–प्रदान गरी निश्कर्ष निकाल्न आग्रह गर्नुभयो ।

चिनियाँ विश्लेषक तथा सिचुआन विश्वविद्यालयका प्राध्यापक वाङ् झाउले चीन र दक्षिण एशियाली मुलुकलाई जोडेर आर्थिक विकास गर्ने चीनको पहललाई मूर्तरूप दिन चीनले एक अध्ययन केन्द्र स्थापना गरी कार्य प्रारम्भ गरेको बताउनुभयो । भारतीय प्राध्यापक राज सान्धुले गरिबीको चपेटामा परेका यस क्षेत्रका जनताको आर्थिक समृद्धिका लागि हामी सबै एकताबद्ध हुनुपर्ने औँल्याउनुभयो ।

पाकिस्तानको पीआइपीएक्स इन्स्टिच्युटका निर्देशक एम। अमिर रानाले आर्थिक स्थिति कमजोर रहेका यस क्षेत्रका जनताले सम्मेलनलाई महत्व दिनुपर्ने बताउनुभयो । बंगलादेशको मानव अधिकार आयोगका पूर्वअध्यक्ष डा मिजानुर रहमान, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले चीनको प्रविधि, कृषि, यातायात, दू्रतत्तर विकास नेपालजस्ता अल्पविकसित मुलुकका लागि प्रेरणादायी भएको बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top