समाचार / विश्व

यस्तो विचित्र र भयानक जीव कहिले देख्नुभएको छ ?

भाद्र ३१ २०७४     बीबीसी
1a

भदौ ३१
 

हार्वे आँधीपछि टेक्ससमा एक तिखो दाँत भएको रहस्यमयी समुन्द्री जीव देखिएको छ ।

प्रीति देसाई नामक महिलाले टेक्ससको समुन्द्रमा यो जीव देखिन् र यसको तस्बिर ट्वीटरमा पोष्ट गरेर यसबारे जानकारी मागिन् ।

उनले थुप्रै तस्बिर पोष्ट गरिन् र लेखिन्, ‘ओके, जीवविज्ञान ट्वीटर, यो के चिज हो ?’

उनको प्रश्नलाई जीव वैज्ञानिक र माछा विशेषज्ञ डाक्टर केथिन टिघेलाई पठाइयो जसको अनुमान अनुसार यो तिखो दाँत भएको स्नेक–इल हो ।

उनका अनुसार यो एक गार्डेन वा कांगर इल पनि हुनसक्छ किनभने यी तीनै प्रजाती टेक्ससमा पाइन्छ र यी जीवको दाँत निकै तिखो हुने गर्दछ ।’

हार्वे आँधीको तीब्र गतीको हावा र बाढिले यो जीवलाई समुन्द्रको तटमा ल्याइपुर्याएको अनुमान गरिएको छ । यद्यपी, यसबारे स्पष्ट जानकारी उल्लेख छैन ।

साधारणतया तिखो दाँत भएको स्नेक–इल समुन्द्रमा ३० देखि ९० मिटरको गहिराइमा पाइन्छ ।

एट्लान्टिक महासागरमा पाइने यो जीवलाई टस्की इलको नामले पनि चिनिन्छ ।

आँधीले पुर्याएको क्षतीको विवरण लिन समुन्द्र तटमा पुगेकी देसाइले बीबीसीलाई भनिन्, ‘यो पूर्ण रुपमा अप्रत्यासित थियो । यो त्यो वस्तु थिएन जसलाई समुन्द्री तटमा देखिन्छ । मलाई लाग्छ कि यो पानीको गहिराइबाट समुन्द्रको तटमा आइपुगेको हो ।’

उनले भनिन्, ‘मेरो सुरुवाती जिज्ञासा यो थियो कि यो कस्तो जीव हो ।’

देसाइले भनिन्, ‘मैले यस्तो तस्बिर खिचें र ट्वीटरमा पोष्ट गरें किनभने थुप्रै वैज्ञानिक ट्वीटरको प्रयोग गर्दछन् । मेरा एक साथीले तुरुन्त प्रतिक्रिया दिए र डाक्टर टिघेसँग सम्पर्क गराए ।’

उनले भनिन्, ‘म थुप्रै वैज्ञानिक र शोधकर्तालाई फलो गर्दछु । त्यहाँ थुप्रै राम्रा समुदाय छन् जो निकै सहयोगी पनि छन् विशेषगरी जब कुनै जीव वा बोटबिरुवाको पहिचानसँग जोडिएको प्रश्न होस् ।’

‘प्रकृतिले आफ्नो बाटो आफैं बनाउँछ’ भन्दै उनले समुन्द्री तटमा उक्त जीवलाई यत्तिकै छोडिदिएको बताइन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top