समाचार / राजनीति

प्रधानमन्त्रीबाट आचारसंहिता उलंघन भएको छ, तर कारबाही गर्न मिल्दैनः प्रमुख निर्वाचन आयुक्त

भाद्र २८ २०७४     .
Dr ayodhi prasad yadav ghzmymknsc 2x3xppog8i

काठमाडौं, भदौ २८–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए ।
निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भईरहेको छ । तर बुधबार राजधानीमा आयोजित कार्यक्रममा  प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको बताए ।
उनले  निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको भन्दै  आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे  भने बताए ।
उनले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दावी रे ।
 प्रमुख निर्वाचन आयुक्त  यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको पनि उल्लेख गरे ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top