समाचार / समाज

भारतीय ‘सुटर अपराधी बब्लु रुपन्देहीबाट सार्वजनिक

भाद्र २६ २०७४     .
Rupandehi bablu

 

काठमाडौं भदौं २६

 सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने र ज्यान मार्ने डर धम्की देखाई चन्दा रकम असुली गर्ने भारतीय एक अपराधीलाई रुपन्देही प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
भारत रक्सौल नपा १ मोतिहारीका अरविन्द यादव भन्ने बब्लु तिवारीलाई सार्वजनिक गर्दै रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले अभियुक्त यादव ज्यान मार्ने, लागु औषध कारोबार, चन्दा असुली एवं साइबर अपराधमा संलग्न रहेकाले कानुन अनुसार कारबाही हुने बताए ।
गत मंसिर २१ गते व्यापारी न्यौपानेमाथि गोली प्रहार, व्यापारी विष्णु शर्मालाई ज्यान मार्ने धम्की दिएर मोटो रकम असुली गरेको, नेपाल–भारत सीमा क्षेत्रमा बसेर दुई देशमै अपाराधिक गतिविधि गर्दै आएको, फोन एसएमएस धम्की दिएर पैसा असुलीमा सक्रिय भएको जस्ता विभिन्न घटनामा संलग्न भएका यादवलाई प्रहरीले लामो अनुसन्धानपछि पक्राउ गरेर सार्वजनिक गरेको हो ।
  भारतमा पनि विभिन्न घटनामा कारबाहीमा परेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारत महाराजगंज थाना सुनौली ग्राममा २०६६ साल असार २ गते उनीमाथि लागु औषध ब्राउन सुगर र हातहतियार अभियोगमा कारबाहीमा परेका थिए । 
 भारतमा कारबाही भएपछि उनी सीमा क्षेत्रमा बसेर दुवैतर्फ अपराधका निम्ति सेटिङमा सक्रिय भएको प्रहरीको दाबी छ।
उनीमाथि रुपन्देही प्रहरीले ज्यानमार्ने उद्योग र हतहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा लगाएको छ । अभियुक्तलाई सार्वजनिक गर्दा सीमावर्ती भारतका सुरक्षाकर्मी एवं गुप्तचर निकायका अधिकारी उपस्थित थिए । प्रहरीले भारतीय सुरक्षा अधिकारी र गुप्तचरको नाम गोप्य राखेको छ।

बब्लु तिनै हुन् जो २०६६ सालमा लागु औषध र हातहतियार मुद्दा रुपन्देही प्रहरीलेनै पक्राउ गरेको थियो । 
गत पुस महिनाको अन्तिममा पनि लागु औषधसहित एक जनालाई केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोले काठमाडौंबाट पक्राउ गर्यो ।
 उनले अरबिन्द यादव नाम बताएका थिए। लागु औषध मुद्दामा उनी जगन्नाथ जेल गए। जो उनै थिए ।
 तिवारीले हरेक पटक पक्राउ पर्दा नाम परिवर्तन गर्ने गरेको खुल्न आएको छ ।

‘२०६६ साल र गत पुसमा पक्राउ पर्दा उनले गरेको ल्याप्चे मिल्न गयो, ‘ एसपी ज्ञवालीले भने।  प्रहरीका अनुसार तिवारीले २०६६ सालमा जेलपछि छुटेर रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रका ब्यापारी तर्साएका थिए।

‘एक दर्जनभन्दा बढी ब्यापारीलाई गोली हानेर तर्साइ रकम असुल्ने गर्दथे,’ एसपी ज्ञवालीले भने ।
प्रहरीका अनुसार उनी सुटर पनि हुन् ।

‘अपराध गरेपछि उनले प्रहरीबाट छल्न अनेकौं नाम र रुप देखाउने गरेका थिए, ‘हामीले पत्ता लगायौं’ एसपी ज्ञवालीले भने । प्रहरीले उनीसँग सम्बन्धित अन्य मुद्दाको फाइल समेत पल्टाएर हेर्ने काम सुरु गरेको छ  
 

0 प्रतिकृयाहरू प्राप्त

To Top