समाचार / स्वास्थ्य

भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पताल बनाउन पहल

भाद्र २५ २०७४     .
Renu

चितवन, भदौ २५– चितवनस्थित भरतपुर अस्पतालको सेवा प्रभावकारी वनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् ।
अस्पताल अवलोकन गर्दे उनले विरामीवाट कुनैपनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी हुन् । दाहालले अधिकांश महिलाहरु भुइमै सुतेर उपचार गर्न वाध्य भएको देखेपछि तत्काल वेड थपी उपचार दिन अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा रुद्र मरासिनीलाई निर्देशन दिएकी हुन् ।

 सो अवसरमा  उपमेयर पार्वती शाहले अस्पतालको सेवा राम्रो वनाउन जिल्लावासीको पनि भुमिका हुने भन्दै सवै नागरिकले सरकारी अस्पतालको सेवा लिने वातावरण वनाउनुपर्ने वताइन् । करिव ७ सय कर्मचारी रहेको भरतपुर अस्पतालमा १ सय ७५ जना मात्रै दरवन्दीका कर्मचारी छन् ।
हालै डायलायासिस, सिटिस्क्यान लगायतका सेवा समेत शुरु गरेको भरतपुर अस्पतालमा दैनिक १ हजार भन्दा वढी विरामीले सेवा लिने गरेका छन् ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top