समाचार / राजनीति

पैसा खर्च गरेर चुनाव जित्नेको लक्ष्य भ्रष्टाचार नै हुन्छ : प्रचण्ड

भाद्र २५ २०७४     .
Prachanda

काठमाडौं, भदौ २५: पूर्व प्रधानमन्त्री एवम् माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताकाे भाेट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताएका छन्। अाइतबार राैतहटकाे चन्द्रपुरमा अायाेजित चुनावी सभामा बाेल्दै अध्यक्ष प्रचण्डले भने, 'जनमतबाट डराएपछि भ्रष्टहरुले पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन्। यहाँ पनि भाेजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खाेजेकाे सूचना अाएकाे छ। जितेपछि तिनीहरुको लक्ष्य भ्रष्ट्राचार गरेर अाफ्नाे लगानी उठाउनु र देशलाई लुट्नु मात्र हुन्छ।'

पैसा खर्चेर चुनाव जित्नेले जितेपछि जनताको काम केही नगर्ने उनको भनाइ छ। साथै प्रचण्डले मधेसमा जनधनको क्षति हुन नदिन आफूले सम्भव हुँदाहुँदै पनि वैशाख ३१ गते चुनाव नगरेको बताए। 'वैशाख ३१ गते नै सबै ठाउँमा चुनाव गर्न सकिन्थ्याे, तर हामीले त्यसाे गरेनौं,' प्रचण्डले भने, 'एकै चरणमा चुनाव गरेकाे भए मधेसमा धेरैकाे रगत बग्थ्याे, धेरैलाई जेल हाल्न पर्थ्याे। म जनतालाई गाेली ठाेक्ने, जेल हाल्ने पक्षमा थिइनँ।' कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयरका उम्मेदवार युवराज भट्टराई, उपमेयरका उम्मेद्वार जानकी नेपाल लगायतले पनि नगरको विकासबारे आफ्नो धारणा राखेका थिए।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top