प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै

राजनीति भाद्र २३ २०७४ .
Dr aayoo

काठमाडौं, भदौ २३– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यावदले सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top