प्रदेश २ का १३६ स्थानीय तहमा आज उम्मेद्वारी दर्ता, समय बिहान १० बजेदेखि ५ बजेसम्म

राजनीति भाद्र २१ २०७४ .
Nirwachan

काठमाडौं, भदौ  २१– स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तगर्त प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म गराउनुपर्नेछ ।

राजनीतिक दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्छ ।  तराईका ८ जिल्लामा असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । अन्य प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न सबै दलहरुले उम्मेद्वार चयन गरिसकेका छन् । केही दलले भने तालमेलका लागि भन्दै वार्ता जारी राखेका छन् । कांग्रेस र माओवादी केन्द्रले एमालेबिरुद्ध संयुक्त उम्मेद्वारीको तयारी समेत कतिपय स्थानीय तहमा गरेका छन् । खासगरि एमालेको पकड भएका क्षेत्रमा यस्ता तालमेलको तयारी गरेका हुन् ।

राजपासहितका मधेशी दलले निर्वाचनमा भाग लिने भएपछि निर्वाचनको वातावरण निर्माण भएको हो । संविधान संसोधन प्रस्ताव संसदबाट अस्विकृत भएकोमा आपत्ती जनाउँदै मधेशी दल निर्वाचनमा होमिएका हुन् । एमालेले सबै स्थानीय तहमा उम्मेद्वार चयन गरिसकेको छ । निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन निर्वाचन आयोग लगायतका सरोकारवाला निकायलाई आग्रह गरेको छ । आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग पुर्वाग्रही भएको भन्दै सत्ताको चरम दुरुप्रयोग हुने खतरामा ध्यान पूर्याउन आग्रह गरेको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top