समाचार / अर्थ

बाणगंगा नगरपालीका प्रथम नगरसभा सम्पन्न

भाद्र २० २०७४     .
Kabilwastu map

कपिलवस्तु भदौ २० ।
झन्डै २ दशकपछि भएको स्थानीय तह निर्वाचन पछि कपिलवस्तुका स्थानीय तहमा धमाधाम आफना निति, कार्यक्रम तथा बजेट सार्वजनिक हुन थालेका छन् । विगतमा कर्मचारीकै भरमा स्थानीय निकायको काम भएकोमा स्थानीय तहको निर्वाचन पछि सरकारको रुपमा रहेका कपिलवस्तुका स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत आफना कार्यक्रम सार्वजनिक गरेका छन् । १० बटा स्थानीय तह रहेको कपिलवस्तुमा हालसम्म महाराजगन्ज, कपिलवस्तु, वाणगंगा नगरपालिकाले नगरसभा मार्फत आपना निति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जस अनुसार पछिल्लो समय बाणगँगा नगरपालीकाको प्रथम नगरसभाबाट आर्थिक वर्ष ०७४।०७५ को कुल ६७ करोड ३४ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

२५ वर्षे बृहत गुरुयोजनाको लक्ष्य सहित समृद्ध नगरपालिका निर्माणका लागि आगामी दिनमा नगरपालिकाले विभिन्न नितिहरु अवलम्बन गरेको वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो । वाणगंगा नगरपालिकाले शहरी योजना तथा भौतिक पूर्वाधार, वित्तिय व्यवस्थापन, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, कृषि, लघुउद्यम तथा बन वातावरण, पर्यटन, संस्कृति संरक्षण, खेलकुद, संचार लगाएतको क्षेत्रबाट समृद्ध नगर निर्माणको निति र कार्यक्रम प्रस्तुत गरेको छ ।

सभाले नगरपालिकाको पूँजीगत खर्च तर्फ ३७ करोड २३ लाख ९५ हजार रकम विनियोजन गरेको छ भने सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य कार्यक्रम र नगरपालिकाको चालु खर्च सहित ३० करोड ९ लाख ६४ हजार रकम विनियोजन गरेको छ । यसवर्ष नगरपालिकाले भौतिक सडक, खानेपानी, सिंचाई, नदीनियन्त्रण, कृषि कार्यक्रम, पशु, स्वास्थ्य, लक्षित वर्ग कार्यक्रम र लागत सहभागीता लगाएतलाई मुख्य कार्यक्रम बनाएको छ । वाणगंगा नगरपालिकाको प्रथम नगरसभाको साँसद अत्तहर कमाल मुसलमान र विश्राम प्रसाद थारुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top