समाचार / अर्थ

सुनको भाउ तोलाको ५७ हजार पुग्यो

भाद्र १९ २०७४     .
Gold

काठमाडौं, भदौ १९–नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो ।


आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७ सय ८५ रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार भाउमा आएको वृद्धिकै कारण नेपाली बजारमा पनि सुनको भाउ बढेको हो । यो महिनाको पहिलो दिन ५५ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ १९ दिनमा तालामा एक हजार ५ सय रुपैयाँ बढेको हो ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top