समाचार / विश्व

दक्षिण कोरियाले पनि गर्‍यो क्षेप्यास्त्र अभ्यास 

भाद्र १९ २०७४     .
South 04092017124246 600x0


 काठमाडौं भाद्र १९,  उत्तर कोरियाले गरेको छैठौं आणवीक परीक्षणको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गरेको छ । उत्तर कोरियाको परमाणु स्थलमा आक्रमण गरेको सांकेतिक अभ्यास गरिएको हो । दक्षिण कोरियाले लडाकु जेट बिमानबाट रकेट प्रहार गर्नुका साथै जमिनबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरि अभ्यास गरेको हो । अमेरिकाले/उत्तर कोरियाले खतरा उत्पन्न गराए कडा सैन्य कारवही गर्ने चेतावनी दिएलगत्तै दक्षिण कोरियाले सैन्य अभ्यास गरेको हो । आफ्नो मुलुक उच्च सतर्कतामा रहेको जनाउ दिन दक्षिण कोरियाले सैन्य अभ्यास गरेको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । आणविक क्षमता नभएको दक्षिण कोरियाले आफ्नो पारम्पारिक हतियार परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले भने युद्धका लागि उत्तेजित पार्ने स्रोत तथा आफ्नो मुलुक र जनताको सुरक्षामा खतरा पुर्‍याउने शत्रु वा कुनै शक्तिलाई विनाश गर्न सक्ने जनाउ दिन अभ्यास गरिएको बताएको छ । उत्तर कोरियाले हिजो शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको दाबी गरेको थियो । सोहीबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दैछ । त्यसअघि दक्षिण कोरिया र जापानका नेताले उत्तर कोरियामाथि कडा नाकावन्दी लगाउन संयुक्त राष्ट्रसंघलाई दबाब दिने बिषयमा सहमति जनाएका छन् । पछिल्लो पटक गत अगष्टमा उत्तर कोरियाको निर्यातलाई लक्षित गर्दै राष्ट्रसंघले नाकाबन्दी लगाएको थियो । उत्तर कोरियाले हिजो शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । आणविक परीक्षणपछि ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ । 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top