ट्रक सहित ढाईसय बोरा तस्करीका यूरियामल बरामद

समाज भाद्र १५ २०७४ .
Lumbini

लुम्बिनी, भदौ १५। रुपन्देहीका किसानहरु धानबालीमा युरियामल छर्न नपाएको बेला एक सहकारी संस्थाको मिलोमातोमा तस्करीका लागि कपिलबस्तु लैजान लागेको अवस्थामा युरिया नामक रासायनिक मलखाद बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय सुर्यपुराले दिएको जानकारी अनुसार गए राति दश बजे गैडहवा गाँउपालिका वडा नं. १ स्थित सत्यकर्म सहकारी संस्थाका अध्यक्ष शिवपूजन यादवले रुपन्देही जिल्ला सहकारी संस्थाबाट लु.२ ख. १०९२ नं. को ट्रकमा ढाई सय बोरा युरियामल लोड गरि कपिलबस्तु तिर लैजान लागेको अवस्थामा स्थानीय जनताले मडवाचौकमा बरामद गरेका हुन ।
जनताको अगाडी अध्यक्ष यादवले आफनो गल्ती स्वीकार्य गरि सके पछि गैडहवा गाँउपालिका वडा नं. १ का अध्यक्ष प्रदीप चौधरीको रोहबरमा त्यहीका किसानहरुलाई मुचुल्का गरि बितरण गरिएको ईप्रका सुर्यपुराका प्रहरी नायब निरीक्षक मानबहादुर खत्रीले बताए ।
निज यादवले पहिला देखि आफनै लगानीमा सहकारी सस्था दर्ता गराई ब्यक्तिगत रुपमा जथाभावी बढी पैसा पाएर बिक्री बितरण गर्दै आईरहेको कारण रुपन्देहीमा मलखाद नपाएका  जागरुक भएको जनता ट्रक सहित मल रोके पछि जनचाहना अनुसार किसानहरुलाई उक्त मल बितरण गरिएको जानकारी गराए ।
यादवलाई यूरियामल तस्करी गरेको जनताले समाते पछि अध्यक्ष पदबाट हटाउनका लागि शनिवार बैठक समेत डाँकिएको सत्यकर्म सहकारी संस्थाका उपाध्यक्ष रामकिसुन निषादले बताए ।
सो सम्बन्धमा रुपन्देही जिल्ला सहकारी संस्थाका रुपन्देहीका कार्यालय प्रमुख एकराज पाठक सँग जानकारी लिन खोज्दा यूरियामल समातिएको घटना बारे अनभिज्ञ रहेको हुदा कर्मचारीहरु सँग सोधेर बताउने भने ।
गैह्र कानूनी ढंगबाट सहकारी संस्थाहरुले मलखाद,बीउबीजन बिक्री बितरण गरेको खण्डमा दर्ता नै खारेज हुन सक्ने प्रावधान रहेको हुदाहुदै पनि प्रत्यक्ष रुपमा तस्करीका मल फेला परे ता पनि दोषीलाई जनप्रतिनिधी र जिल्ला सहकारी संस्था उम्काउने प्रयास भईरहेको हुदा उक्त सहकारी संस्थाको दर्ता नै खारेज गरिनु पर्ने स्थानीयको  भनाई छ ।
यसरी  जिल्ला सहकारी संस्थाकै मिलोमातोमा यूरियामल तस्करी भईरहेको हुदा सरोकारवालाले बिषेश चासो लिई दोषी माथि कानूनी कार्यवाही गर्नुका साथै तस्करी कार्य रोक्न सो क्षेत्रका किसानहरुले माँग समेत गरेका छन ।

 

प्राप्त प्रतिकृयाहरू

To Top