२ नम्बर प्रदेशमा मतदान केन्द्र र मतदानस्थलको आज टुङगो लाग्ने

राजनीति भाद्र १४ २०७४ .
Nirwachan

काठमाडौं भदौ १४– निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्ने मिति आउनु एकसाता अघि आज बेलुकासम्म असोज २ मा हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र र मतदानस्थलको टुङ्गो लगाउने तयारी गरेको छ ।
सरकारले २ नम्बर प्रदेशका ८ जिल्लामा १० वटा स्थानीय तह थप गरेपछि ती स्थानीय तहको समेत गरेर आयोगले मतदान केन्द्र र मतदानस्थलको टुङगो लगाउन लागेको हो मतदातालाई पायक पर्नेगरी मतदान केन्द्रको व्यवस्था गरिने

आयोगका प्रवक्ता एवं सहसचिव सुर्यप्रसाद शर्माले बताए । उनले कति संख्यामा मतदान केन्द्र रहने भन्ने बुधबार बेलुकासम्म थाहा हुने जानकारी दिए ।
यसअघि स्थानीयस्तरमा राजनीतिक दलहरुको असहयोगका कारण बारा र पर्सा बाहेकका ६ जिल्लामा मतदान केन्द्रको बिषय विवादित बनेको थियो । आयोगले स्थानीय राजनीतिक दल तथा सरोकारवालासँग छलफल गरी मतदान केन्द्रको टुंगो लगाउन लागेको हो । दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुदैछ ।

प्राप्त प्रतिकृयाहरू

To Top