प्रदेश र प्रतिनिधि सभा चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय

राजनीति भाद्र १४ २०७४ .
Pm office 768x423

काठमाडौं, भदौ १४– सरकारले प्रदेश सभा र  केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले  मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।   

यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले दुई चरणमा  प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने  भनि सरकारलाई दिएको सुझावको आधारमा दुइ चरणामा गर्ने  निर्णय भएको बुझिएको छ ।

दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग  परामर्शको आधारमा सोबारे थप निर्णय लिइने बस्नेतले बताए ।

बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने  बताए ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि बैठकले निर्णय गरेको छ । जुन   संवैधानिक परिषदबाट सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले एसियाली विकास बैंकबाट  भन्सार सुधार तथा आधुनिकीकरणका लागि प्राप्त  १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै केही प्रहरी बरिष्ठ उपरिक्षक पद खारेज गरी प्रहरी नायक महानिरिक्षक पदको दरबन्दी सृजना गर्ने बारे पनि छलफल भएको छ । तर, निर्णय भइनसकेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top