समाचार / स्वास्थ्य

लुम्बिनी अञ्चल अस्पतालमा ४२ सय ९८ ले लिए निःशुल्क सेवा

भाद्र १३ २०७४     .
Lumbini zz

रुपन्देही, भदौ १३–लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत ७३ भाद्रदेखी ७४ असारसम्म ४२ सय ९८ जना लक्षित  समुहले  निशुल्क सेवा पाएका छन् ।
अस्पतालको सामाजिक  सेवा ईकाईले निशुल्क औषधी तथा अन्यसेवा परिचयको आधारमा निशुल्क सेवा दिएको हो ।सेवा लिनेमा  गरिब २१ सय, असाहय २२, लैगीक हिसा प्रभाबित ४, जेष्ठ नागरिक १८ सय ६८ ,महिला स्वास्थ्य स्वयम सेबिका ५३ जना छन् ।
त्यस्तै कुपोषित ११, सहिद परिवार ५, दैबिकप्रकोप प्रभाबित १३ ,थुनुवा १०, दुघटनामा परि उपचार नपाएका  १ गरि जम्मा ४२ सय ९८ जनाले सेवा लिएको सामाजीक सेवा ईकाई प्रमुख दया सागर पन्थीले बताए ।
 तीमध्ये २ हजार ३ जना महिला  २२ सय ९५ जना पुरुष र १ जना  लोपन्मुख रहेका छन् । अस्पतालले अहिलेसम्म  लक्षित बर्गालाई ५३ लाख ३ हजार १ सय आठ रुपैयाँ बराबरको  औषधी लगायतका अन्य सेवा दिएको जनाएको छ ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top