सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मन्च अमेरिकाको सहयोग

समाज भाद्र १२ २०७४ .
Prawasi nepali manch 3 768x461

भदौ १२, न्यूयोर्क । रिजवुड नेपाली समाजले आयोजना गरेको महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले एक लाख ११ हजार १११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेकोछ ।

करिब एक करोड ११ लाख १११ रूपैयाँ बराबरको चेक (धनादेस ) रिजउड नेपाली समाजलाई महापुराणमा रकम हस्तान्तरण गरेको हो ।

विश्व भर स्थापित अन्य संघ-संस्थाले प्रवासी नेपाली मन्च अमेरिकाले गरेको उत्प्रेरित तथा उदाहरणीय कामबाट केही सिक्नु पर्ने अवस्था आएको छ ।

महापुराणमा अहिलेसम्म कै सबै भन्दा ठूलो रकम चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५लाख चन्दा दिएका थिए । यसैगरी समाजसेवी सूर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।

प्रवासी नेपाली मन्च अमेरिकाका वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा कहिले पछि नपर्ने बताए ।

प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदानको मुक्त कण्ठले प्रसंशा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितिले बिशेष धन्यबाद दिएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top