राम रहिमको अधिकारीलाई धम्कीः महिलासँग बस्न देउ, नभए सस्पेन्ड गरिदिन्छु

विश्व भाद्र १२ २०७४ एजेन्सी
Ram raheem1 fgmclf538m

भदौ १२ ।
सिबिआई कोर्टमा अगस्ट २५ तारिखमा बलात्कारी पुष्टि भएपछि जेलमा पनि गुरमित राम रहिम सिंहको मनोवृत्ति परिवर्तन भएको छैन । पुलिसले उनकी धर्मपुत्री हनिप्रितलाई हेलिकोप्टरमार्फत उनलाई रोहतक जेल लगेको थियो किनभने पंचकूला सिबिआई कोर्टमा नै राम रहिमले निवेदन दर्ता गरेर बिरामी भएको कुरा बताएका थिए । हनिप्रितले पनि वकिलमार्फत भनेकी थिइन् – उनी जेलमा डेरा मुखीसँग बस्न चाहन्छिन् । आफू एक्यूप्रेशर एक्सपर्ट भएको र राम रहिमलाई कम्मरमा पीडा हुने, माइग्रेन भएकाले आफू राम रहिमसँगै बस्न इच्छुक भएको बताइन् । न्यायाधिसले यस्तो कुरामा आदेश दिन नसक्ने बताउँदै यो कुरा सरकार वा जेल प्रशासनले निर्णय गर्नुपर्ने बताए । जेलका अधिकारीले यस्तो अनुमती नदिएपछि राम रहिमले उनलाई सस्पेन्ड गर्ने धम्की दिए ।

शुक्रबार पुलिसले हनिप्रितलाई राम रहिम भए ठाउँ लिएर गए । बेलुका ४ बजेर ५५ मिनेटमा जेल नजिकैको पुलिस ट्रेनिङ कलेजको हेलिप्याडमा उत्रिए । त्यहाँबाट कलेजको मेस नजिकै बनेको रेस्ट हाउस लगियो । यसलाई सरकारले अस्थायी जेल बनाएको थियो ।

जेल म्यानुअलका अनुसार यहाँ महिलालाई अनुमती छैन । जेल प्रशासनले हनिप्रितलाई भिआईपी रिटायरिङ रुममा राम रहिमसँग पौने दुई घण्टासम्म बस्ने अनुमती दिए ।

जब जेल प्रशासनले राम रहिमलाई रेस्ट हाउसबाट जेल लैजान थाले तब राम रहिमले अफिसरलाई भने, ‘कम्मर दुख्ने र माइग्रेनका कारण अदालतले हनिप्रितालाई सँगै बस्ने मौखिक अनुमती दिएको छ । उनी राती यही बस्नेछिन् ।’ उनको उक्त कुरा अफिसरले मानेनन् तब त्यहाँ हंगामा भयो ।

राम रहिमले हनिप्रितको मोबाइलबाट मुख्यमन्त्री वा केन्द्रका मन्त्रीलाई फोन लगाउने वा अफिसरलाई सस्पेन्ड गराउने धम्की दिए । मेस रुमबाट हनिप्रितले चन्डीगढ र दिल्लीका लागि फोन लगाए ।

हनिप्रितको वास्तविक नाम प्रियंका तनेजा हो उनलाई सन् २००९ मा राम रहिमले धर्मपुत्री बनाएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top