दुई नम्वर प्रदेशमा पनि चुनावी तालमेलको ढोका खुला : प्रचण्ड

राजनीति भाद्र १२ २०७४ .
Prachanda

विराटनगर, भदौ १२ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा पनि आफ्नो पार्टीले चुनावी तालमेलको ढोका खुला राखेको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संघीय गणतन्त्रवादी शक्तिहरु जोसँग पनि तालमेलको नीति लिइएको र मधेशवादी दलसँगको तालमेल प्राथामिकतामा राखिएको बताए ।

‘हामी संघीय गणतन्त्रपक्षधर सवैसँग तालमेका लागि खुला छौँ । तर, दुई नम्वर प्रदेशको हकमा मधेशवादी शक्तिसँगको तालमेल प्राथामिकतामा छ । राजपादेखि संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायतका शक्तिसँग तालमेल प्राथामिकता हुन्छ ।’

पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले विराटनगरमा रहेको भारतीय महाबाणिज्य दूतावासको कार्यलय हटाउने विषयमा आफ्नो पार्टीको पुरानो नीति कायम रहेको बताए । माओवादी नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा उक्त कार्यलय हटाउन निर्देशन दिएका थिए ।

देउवाले भारतमा संविधान संसोधनका विषयमा अनावश्वक टिप्पणी गरेको प्रचण्डको भनाई थियो । ‘संविधान संसोधनका विषयमा अहिलेको सन्र्दभको कुरा टुंगिसकेको छ । राजपासहितको सहभागितमा यो कुरा टुंगिएको छ । अव निर्वाचनपछि कस्तो संसद आउछ ?  के–के विषयमा संसोधन आबश्यक हुन्छ । यो त्यतिबेलाको कुरा हो ।  अहिले नै भोलि गरिन्छ भनेर बोलिरहनु आबश्यकता होइन ।’ प्रचण्डले भने ।

प्राप्त प्रतिकृयाहरू

To Top