समाचार / मनोरञ्जन

कात्तिक १७ : निशा र हसनको रोचक भिडन्त

भाद्र 10 २०७४     .
Nisa adhikari hasan raja khan%281%29

काठमाण्डौ ।

नेपाली फिल्मको रिलिज डेट घोषणा र पोस्टपोन्डको खबरहरुले बेलाबखतमा सिनेवृत खुबै तात्ने गर्छ । यस वर्षपनि दर्जन बढी फिल्मको रिलिज घोषणा भैसकेका छन् भने कति फिल्मको रिलिज पोस्टपोन्ड पनि भए । यस्तैमा कात्तिक १७ गते दुई नेपाली फिल्मको रोचक भिडन्त हुने भएको छ । रोचक यस अर्थमा कि दुवै फिल्म एउटै कलाकारको हो ।
 
कात्तिक १७ गते 'रोमियो' र 'झ्यानाकुटी' प्रदर्शनमा आउँदैछन् । 'रोमियो'मा निशा अधिकारीको मुख्य भूमिका छ भने 'झ्यानाकुटी'लाई निशाले निर्माण गरेकी हुन् । 'रोमियो'ले पटक-पटक रिलिज डेट पोस्टपोन्ड गर्दै कात्तिक १७ ताकेको हो । तर, केहीदिन अगाडि मात्र 'झ्यानाकुटी'ले पनि सोही मितिलाई रिलिज कन्फर्म गर्यो ।
 
निशा अधिकारीले आफू अभिनित फिल्म 'रोमियो'सँग आफूले निर्माण गरेको फिल्म 'झ्यानाकुटी'को भिडन्त गर्न आँट कस्नुलाई सबैले आश्चर्य मानेका छन् । हुनत, यसअघि 'झ्यानाकुटी'को रिलिज भाद्र ८ गतेलाई फाइनल गरिएको थियो तर प्राविधिक कारण देखाउँदै फिल्मको रिलिज कात्तिक १७ लाई कन्फर्म गरिएको हो । फिल्म 'रोमियो' टिम पनि बारम्बार रिलिज पोस्टपोन्ड गरेर दिक्क भैसकेको छ । अब कुनैपनि अवस्थामा 'रोमियो' कात्तिक १७ मै रिलिज हुने निर्माता हसनराजा खान बताउँछन् । यस्तै, 'झ्यानाकुटी'लाई टिमलाई पनि वितरकले कात्तिक १७ मै रिलिज गर्न दवाव दिइरहेका छन् ।
 
अब यो मितिबाट 'रोमियो' र 'झ्यानाकुटी' मध्ये एकले रिलिज पोस्टपोन्ड नगरे कात्तिक १७ को भिडन्त रोचक हुने पक्का छ । रोमियोलाई शंकर कार्कीले निर्देशन गरेका हुन् भने झ्यानाकुटीका निर्देशक सिमोस सुनवार हुन् ।
 
'रोमियो'मा हसनराजा खान, निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धर मुख्य भूमिकामा रहेका छन् । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई हसनराजाले नै निर्माण गरेका हुन् । यस्तै, निशा अधिकारी निर्मात्री रहेको फिल्म 'झ्यानाकुटी'मा सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका छ ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top