निर्बाचन क्षेत्रको नाममा उपमहानगरबाट अगल्याउने प्रयास गरेको मोतिपुरबासीको आपत्ती

समाज भाद्र १० २०७४ .
Rupendehi 768x461

बुटवल,भदौ १० ।
निर्बाचन क्षेत्र निर्धारण आयोगले गरेको निर्बाचन क्षेत्रको पूर्नगठनले आफूहरुलाइ बुटवल उपमहानगरबाट अगल्याउने प्रयास गरेको भन्दै मोतिपुरबासीले आपत्ती जनाएका छन् ।
साबिक मोतिपुर हाल बुटवल  १७ ,१८ र १९ का स्थानीयले आफूहरुको भूगोल ,सामाजिक तथा सांस्कृतीक सम्बन्ध कायम रहेकाले बुटवल उपमहानगरसंगै एउटै निर्बाचन क्षेत्रमा राख्न अनुरोध गरेका हुन् ।

मोतिपुरका सबै राजनीतिक दल,संघसंस्था,बुद्धीजिबी तथा सरोकारवाललाले एक बिज्ञप्ती जारी गर्दै आफुहरुलाइ बुटवलसंगै जोड्न आग्रह गरेका हुन् ।  उनीहरुले जनभाबना बिपरित आयोगले निर्बाचन क्षेत्र कायम गरे आफुहरु संघर्षमा उत्रिन बाध्य हुने चेताबनी समेत दिएका छन् ।

जारी बिज्ञप्तीमा बुटवलका वडा न १४ देखि १९ सम्मका ६ वटा वडालाइ बुटवल क्षेत्रबाट हटाइ अर्काे निर्बाचन क्षेत्रमा लैजाने काम बन्द गर्न चेताबनी दिइएको छ ।
स्थानीय जनप्रतिनिधि १८ का वडाध्यक्ष हुमनाथ आचार्य,१९ का वडाध्यक्ष हिमबहादुर ख्त्री,१८ का वडा सदस्य गोपाल नेपाल,कन्हइ प्रसाद थारु,नेपाली कांगें्रसका क्षेत्र न ४ का सचिब जोगबहादुर खबी महाधिबेशन प्रतिनिधि हरिहर श्रेष्ठ,१८ का नेपाली कांग्रेस सभापति ओमबहादुर घिमिरे बाबुराम ,नेकपा मोओबादी केन्द्रका १८ अध्यक्ष गंगाराम ढकाल,एमाले १८ का अध्यक्ष जंगबहादुर खत्री लगायतका २३ जनाले सो बिज्ञप्तीमा हस्ताक्षर समेत गरेका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top