आयोगले माग्यो उम्मेदवारको मनोनयनपत्रमा दस्तखत गर्नेको नमुना हस्तक्षर

राजनीति भाद्र ९ २०७४ .
Yadav1

काठमाडौं,भदौ ९ । असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उठ्ने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने दलको पदाधिकारीको दस्तखतको नमुना मागेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र दस्तखतको नमूना आयोग केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौंमा भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई भनेको छ । 

दस्तखतको नमुना आयोगमा बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने आयोग प्रबक्ता सूर्यप्रसाद शर्माले जनाए । 

अरु केके माग्यो आयोगले ?
१.    दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले सोही समितिको पदाधिकारीलाई त्यस्तो दलको तर्फबाट मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने ।

 २.  तोकिएको पदाधिकारीले मनोनयनको औपचारिक पत्र प्रमाणित गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूनाको सक्कलै प्रति पेश गर्नुपर्ने । 

३.     मनोनयन पत्रको औपचारिक पत्र प्रदान गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा सोभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी  एकभन्दा बढी  संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण  गरेको ढाँचामा निजले औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र (प्रदेश वा जिल्ला) समेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्नुपर्ने ।

४.    दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी निर्वाचन आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने ।

प्राप्त प्रतिकृयाहरू

To Top