दैलेखमा वर्षापछि घर भत्किँदा १ मृत्यु, २ घाइते

समाज भाद्र ९ २०७४ .
Dailekh dsbipz6oqn

कालिकोट, भदौ ९ । अविरल वर्षातका कारण शुक्रबार बिहान २ बजेतिर दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका ११ मा आफ्नै घर भत्किदा ४५ वर्षीया दीपा चन्द्रको मुत्य भएको हो। घटनामा उनकी बहिनी ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन्। विन्दु र उनकी छोरी तीज मनाउन दीपाको घरमा आएका थिए। दीपाको घटनास्थलमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकेन्द्र खड्काले बताए। घाइतेको थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइतेहरुको छाती र खुट्टामा चोट लागेको छ। सदरमुकाममै वर्षातका कारण ६ घरमा आंशिक क्षति भएको छ भने ३ घर पूर्ण क्षति भएका छन्।

 

प्राप्त प्रतिकृयाहरू

To Top