मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने– दुई तिहाई  पुर्याएर संविधान संशोधन गर्छौ

राजनीति भाद्र ९ २०७४ .
Deuba  modi press meet

 

काठमाडौं,भदौ ८– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास हुने बताएका छन् । 
पाँच दिने भ्रमणमा रहेका देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै  पारित गराउन फेरि पनि प्रयास जारी रहने बताए । 
‘राजपालाई चुनावमा ल्याउन र माग पूरा गर्न चाहेका थियौं तर दुई तिहाई नपुग्दा  सम्भवन भएन’,संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, ‘ भविष्यमा दुई तिहाई पुर्याई संशोधन  गरेर माग पूरा गरी संविधान सर्वस्वीकार्य बनाउन सक्छौं ।’
संविधान  संशोधन प्रयास असफल भएपनि  रावपाले चुनावमा भाग लिने निर्णय गरिसकेको बताउँदै देउवाले नेपाल संविधान कार्यान्वयनको बाटोमा रहेको समेत बताए । 
 मधेसीको माग पूरा गर्दै सबै  तहको चुनाव गरेर संविधानको कार्यान्वयन गर्ने दिशामा सरकार रहको देउवाको भनाई छ । 

देउवाले  नेपाल भारतबीचको सम्बन्ध पुरानो  रहेको उल्लेख गर्दै आपसरी समझदारी र सहकार्यमा जोड दिए । 
उनले राष्ट्रपति भवनको पाहुना हुन पाउदा आफूलाई खुसी लागेको बताउँदै धन्यवाद समेत ज्ञापन गरे । 
भारतले नेपालको विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै देउवाले आगामी दिनमा पनि यस्तो सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 
यस्तै आतंकवाद,  सीमा क्षेत्रमा हुने अपराधलगायतका समस्याको समाधानका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा  समेत देउवाले  जोड दिए ।    
 

प्राप्त प्रतिकृयाहरू

To Top