निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिको अनुगमन

अर्थ भाद्र ७ २०७४ .
Oil nigam

भैरहवा ,भदौ ७ ।

नेपाल आयल निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिले अनुगमन गरेको छ । ब्यवस्थापिका सांसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित समिति अन्र्तगत आपूर्ति उपभोक्ता समितिले आयल निगमको जग्गा अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त जग्गा चलनचल्तीको मूल्यभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाईएको समितिका संयोजक सांसद सुभाष चन्द्र ठकुरीले बताउनुभयो

उहाँले जग्गाको भौगोलिक अवश्था र मूल्य सहितको बिषयमा अध्ययन गरेको र यस बिषयमा चाडै नै आफ्नो प्रतिवेदन बुझाउने बताउनुभयो ।  टोलीमा सांसद जनक बुढा सहित सचिव सुर्दशन खडका रहेका थिए । टोलीले नेपाल आयल
निगमले अन्य प्रदेशमा खरिद गरेको जग्गाहरुको पनि अवलोकन गरि प्रतिवेदन पेश गर्ने जनाएको छ ।

समितिले जग्गाको मूल्य सम्बन्धि बिषयमा भैरहवामा सरोकारवाला पक्षहरुसित अन्र्तक्रिया समेत गरेको थियो । उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले नेपाल आयल निगमले अन्र्तराष्ट्रिय बिमानास्थल भन्दा पनि महङ्गोमा जग्गा खरिद गरि भुमाफियाहरुलाई पालेको कुरा लज्जास्पद रहेको बताउनुभयो ।

 

जग्गा खरिद गर्दा स्थानियहरुलाई बिभिन्न प्रलोभन एवम धम्की दिई जग्गा दलालहरुले उक्त जग्गा खरिद गरेकोले सो स्थानमा कुनै पनि हालतमा आयल निगमलाई पेट्रोलियम पदार्थ भण्डारण गर्न नदिने रोहिणी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष सरोज कुमार पाण्डेले बताउनुभयो ।

रुपन्देहीको साविकको बसन्तपुर, पट्खौली र धकधई गाविस अन्र्तगत रोहणी नदी किनारमा स्थितको चलनचल्तीको न्युनतम प्रति कठ्ठा औसतमा साढे ३ लाख रुपैयाँ पर्ने जग्गालाई निगमले प्रति कठ्ठा १० लाख ९३ हजार रुपैयाँमा १४ विघा ७ कठ्ठा १४ धुर जग्गा खरिद गरेको छ ।

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

To Top