जम्बो मन्त्रीमण्डल बनाउँदै प्रधानमन्त्री देउवा

राजनीति भाद्र ६ २०७४ .
Sher bahadur

काठमाडौ, भदौ ६– प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणमा जानुअघि चौथो पटक मन्त्रिपरिषद बिस्तार गरेका छन् । देउवा सरकारमा आज १५ जनाराज्यमन्त्रीले शपथ लिएका छन् ।

सरकारमा सामेल हुने राज्यमन्त्रीमा फोरम लोकतान्त्रिकका तीन र अन्य नेपाली काँग्रेसबाट राज्यमन्त्री बनेका छन् । राज्यमन्त्री बन्नेहरुमा नेपाली काँग्रेसबाट सीता गुरुङ, सरिता प्रसाई, शेषनाथ अधिकारी, नरबहादुर चन्द, अब्दुल रजाक, तृप्तबहादुर बिष्ट, अमरसिंह पुन दिलमान पाख्रिन, उदयशमशेर राणा, डिल्लीबहादुर चौधरी, तेजुलाल चौधरी, चम्पादेवी खडकाले राज्यमन्त्रीको जिम्मेबारी लिएका छन ।

यससँगै देउवासरकारमा सामेल भएका मन्त्रीहरुको संख्या ४९ पुगेको छ , यो अहिलेसम्मकै सबैभन्दा ठुलो मन्त्रिमण्डल हो ।

प्राप्त प्रतिकृयाहरू

To Top