ह्वीप नमान्ने १८ सांसदबारे छानबिन गर्न राप्रपामा अनुशासन समितिलाई जिम्मेवारी

राजनीति भाद्र ६ २०७४ .
Rpp logo yzjlstkqo2

काठमाडौं ,भदौ ६– राप्रपाले  संशोधन विधेयकको  विपक्षमा भोट हाल्न ह्वीप जारी गरेपनि  नमान्ने १८ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।
आज राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले  समितिलाई सो जिम्मेवारी दिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा  पार्टीकी प्रमुख सचेतक कुन्ती कुमारी शाहीले अनुशासन उलंघन गर्ने सांसदको विषमया प्रतिवेदन पेश गरेकी थिइन् ।  प्रतिवेदनको अध्ययन गरेर कस्तो कस्तो कारबाही गर्ने भन्नेबारे तीन   दिनभित्र समितिले सुझाव पेश गर्ने बताइएको छ ।

अनुशासन समितिमा राजीव पराजुली,  तोरण बहादुर गुरुङ,  लीला श्रेष्ठ, श्याम शाही  र  चन्देश्वर यादव रहेका छन् ।
यसैबीच बैठकमा सर्वोच्चले पार्टी विभाजनको प्रयास गरेका पशुपति शमशेर राणाको पक्षमा दिएको आदेशका सम्बन्धमा पनि छलफल भएको र अब कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर निश्कर्षमा पुगिने बताइएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top