नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

राजनीति भाद्र ६ २०७४ .
Govinda acharya1

काठमाडौं —  नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराउनुभएको छ । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाउनुभयो ।  अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाउनुभयो ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी हुनुभएको छ । महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निवार्चित हुनुभयो ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनभयो । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी हुनुभयो । 
प्रदेशबाट निर्वा्चित भएकाहरुको सूची भने राती नै सार्बजनिक भइसकेको थियो । यसैगरि प्रदेश नम्बर १ सटेन्द्र जबेगु (प्रेस चौतारी),  उद्धव तिमिल्सिना (प्रेस युनियन),  प्रदेश नम्बर २ मा देवराम यादव (प्रेस सेन्टर), शैलेन्द्र झा (प्रेस युनियन), 

प्रदेश नम्बर ३मा द्वारिका काफ्ले (प्रेस चौतारी), कृष्ण गिरी (प्रेस चौतारी), प्रदेश नम्बर ४मा रामकृष्ण ज्ञवाली (प्रेस चौतारी), नवीन कुइँकेल (प्रेस सेन्टर), प्रदेश नम्बर ५ मा बसन्त गिरी (प्रेस सेन्टर),  पुरुषोत्तम सुवेदी (प्रेस युनियन), प्रदेश नम्बर ६ मा कलेन्द्र सेजवाल (प्रेस युनियन), पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर), प्रदेश नम्बर ७ मा मीन बम (प्रेस युनियन), उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत  आएको छ । यसैगरि काठमाडौं उपत्यकामा लेखनाथ न्यौपाने (प्रेस सेन्टर), गोबिन्द चौलागाईं (प्रेस चौतारी), प्रतिष्ठान तर्फ टिकाराम प्रधान (प्रेस सेन्टर), यम बिरही (प्रेस युनियन) बाट निर्वाचित भएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top