संशोधनले हाम्रो माग सम्बोधन गरेको छैन :मधेसी दल

राजनीति भाद्र ५ २०७४ .
Samsad

 काठमाडौं, भदौ ५ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइएको वताउनु भएको छ । संविधान संशोधन विधेयकमाथि सोमबार संसद बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले ‘हामी त संविधान संशोधन गर्न चाहन्थ्यौं, विपक्षीले मानेन’ भन्नका लागि मात्रै संशोधन प्रस्ताव ल्याएको वताउनुभयो ।

संविधान संशोधन विधेयकले तराई केन्द्रित दलको माग सम्बोधन नगरेको पनि उहाँले वताउनुभयो । ‘यो प्रस्तावले नागरिकता, संघीय संरचना, निर्वाचन प्रणालीजस्ता कुनै पनि समस्या समाधान गर्दैन’ यादवले भन्नुभयो, ‘यो प्रस्ताव पारित हुनेगरी पनि ल्याइएको होइन। चुनाव आएको छ, हामीले प्रस्ताव त ल्याएकै हौँ, फलानाले दिएन भन्नलाई मात्र ल्याइएको हो।’ तथापि उहाँले संशोधन प्रस्तावको पक्षमा आफ्नो दलले मतदान गर्ने वताउनुभयो । संविधान अपूर्ण रहेको स्वकारोक्ति विधेयकमा भएकाले यसको पक्षमा आफूले मतदान गर्ने यादवको तर्क थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top