पुँजी बजार ६.४० अंकले ओर्लियो

अर्थ भाद्र ५ २०७४ .
Stock exchange nepse 1fpsvryaj8

काठमाडौं, भदौ ५–अघिल्लो दिन दोहोरो अंकले झरेको पुँजी बजार आज पनि ६.४० अंकले ओरालो लागेको छ । आज बजार एक हजार ६ सय ११.५७ अंकमा आइपुगेको छ ।

एक सय ५४ कम्पनीको २६ लाख ८७ हजार एक सय २ कित्ता सेयर खरिद विक्रिवाट ५२ करोड २० लाख ४ हजार एक सय ३७ रुपैयाँको कारोवार भएको छ । आज ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक रातो भएका छन् ।

आज बैकिङ समूहको सूचक ४.४३, होटल समूहको सूचक ३.२६, विकास बैंक समूहको सूचक ९.७८ र जलविद्युत समूहको सूचक ३.८७ अंकले ओरालो लागेको छ । यस्तै, फाइनान्स समूहको सूचक ०.६५, बीमा समूहका सूचक ७५.९५ र उत्पादनमुलक समूहको सूचक १८.३९ अंकले घटेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top