वाईसिएल अध्यक्षमा दीपशिखा चयन

राजनीति भाद्र ५ २०७४ .
Deepsikha yshw1i32bh

काठमाडौं, भदौ ५– नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् ।

भदौ २ गतेदेखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसअघि दीपशिखा वाईसीएलका महासचिव रहेका थिए । महासचिवमा भने सुवोधराज सिर्पाली चयन भएका छन् । सम्मेलनले दीपशिखाको नेतृत्वमा १५१ सदस्यीय समिति चयन गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top