सिनपाको बजेट १ अर्ब ३८ करोड

अर्थ भाद्र ४ २०७४ .
Sinapa

भैरहवा,  भदौ ४  । चालु आर्थिक वर्षकोलागी सिद्धार्थनगरपालिका भैरहवाले प्रथम नगरसभा मार्फत १ अरब ३८ करोड १५ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । जसमध्ये चालु खर्चतर्फ २८ करोड २४ लाख ९० हजार र पुजिंगत तर्फ १ अरब ९ करोड ९० लाख २९ हजार बराबरको रकम नगरका मेयर हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो ।

चालु आर्थिक वर्ष २०७४।०७५ कोलागी बजेटको स्रोत व्यवस्थापन तथा आम्दानीको बारेमा पनि चर्चा गरिएको छ । जसमध्ये कुल आय मध्ये आन्तरिक आयतर्फ कर दस्तुर, शुल्कसमेतबाट गरी ८ करोड ५२ लाख २० हजार, नेपाल सरकारको अनुदान तर्फ २२ करोड ९४ लाख ३४ हजार, राजस्व बाडफाड तर्फ १ करोड ५० लाख, सडक बोर्ड तर्फ १ करोड, एडिबी परियोजना सहयोग तर्फ ८० करोड २३ लाख, नगर विकास कोषको क्रृण २ करोड २१ लख, नगरविकास कोषको सहयोगमा सन्चालित योजनामा अनुदान २५ लाख, सामाजिक सुरक्षा भत्तामा ५ करोड ३५ लाख ५० हजार रहेका छन् । यसैगरी अन्य आम्दानीको स्रोतमा सामाजिक परिचालन कार्यक्रमकालागी ६५ लाख, जिल्ला समन्वय समितीबाट ३० लाख, लागत सहभागीताकालागी स्थानिय समुदायबाट १२ लाख आय प्राप्त हुने अनुमान मेयर अधिकारीले गर्नुभयो।

बजेट प्रस्तुत गर्दै अधिकारीले भौतिक पुर्वाधारमा १ अर्व ९ करोड ९० लाख २९ हजार खर्च गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । जसमध्ये सडक सतह ढल र फोहोर मैला प्रशोधनमा ८६ करोड १६ लाख २५ हजार, नगर सरसफाईमा १ करोड ८० लाख सामाजिक विकासमा ५५ लाख ५० हजार खर्च गर्ने लक्ष्य लिएको छ ।
बजेटमा दुई वर्षभित्र ३७ किलोमिटर लम्बाईको फुटपाथ सहितको सडक पीच तथा नाला निर्माण गर्ने, नया वसपार्कको विस्तार तथा पार्क व्यवस्थापन समेत गर्ने उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७४ । ०७५ कोलागी सिनपाको बजेटमा ८५ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुको सम्मानकोलगाी सरकारले दिदैं आएको सामाजिक सुरक्षा भत्ताको अतिरीक्त थप वार्षिक ५ हजार दिने र सो रकम बर्षेनी बढाउदै लाने उल्लेख गरिएको छ । यसैगरी नगरलाई बालमैत्री नगर बनाउने, नगरलाई हरियाली नगर बनाउन वृक्षारोपण गर्ने, महिला सशक्तीकरणकोलागी विभिन्न कार्यक्रम गनेै, समानिकरण विकास अनुरुप अगाडी बढ्ने जस्ता लक्ष्य राखिएको छ ।

बजेट घोषण सभामा उपमेयर उमा काफ्ले, कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मी नगरपालिकाका सदस्यहरु, वडा अध्यक्ष तथा विभिन्न राजनैतिक दल, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक अगुवा,  पत्रकारहरुको सहभागीतामा नगर सभा सम्पन्न भएको हो । सभाको सन्चालन नगरपालिकाका अधिकृत देव ज्ञवालीले गर्नुभएको थियो 

प्राप्त प्रतिकृयाहरू

To Top