समाचार / शिक्षा

पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको हाजिरीजवाफ प्रतियोगिता सुरू

भाद्र २ २०७४     .
Export

बुटवल, भदौ २ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्थीको अन्तरनिहित प्रतिभाको खोजी गर्न यस्ता हाजिरीजवाफ प्रतियोगिताले उपलब्धीमूलक रहने बताए । अर्यालले क्वीज प्रतिष्पर्धाले विद्यार्थीको क्षमतामा निखरता ल्याउने भन्दै कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रमा एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसेजका सिइओ सञ्जीवकुमार शर्माले विद्यार्थीहरूको शैक्षिक भविश्यको खोजीका लागि एक्सपर्ट सधै विद्यार्थीहरू माझ रहेको बताए । कार्यक्रममा न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, कालिका नमूना माविका प्राचार्य घनश्याम पाठक, अभिभाव संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, सिद्धेश्वर माविका प्राचार्यलगायतले बोल्दै प्रतियोगिताको शुभकामना व्यक्त गरे ।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने समूहलाई नगद तीन लाख प्राप्त गरिने सर्भिसेजका  निर्देशक रोशन कँडेलले जानकारी दिए । प्रतियोगितामा कक्षा ११, १२ समेत सञ्चालन गरेका रुपन्देहीका माध्यमिक विद्यालयको सहभागिता रहनेछ । प्रतियोेगिताको पहिलो चरण विद्यालय स्तरीय हुनेछ । विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमशः नगद तीन, दुई र एक हजार दिइनेछ । यस्तै नगर स्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः दश, सात र पाँच हजार नगद प्रदान गरिनेछ ।

यसरी नगरबाट छानिएर प्रथम भएर आएका समूहबीच अन्तिम चरणमा जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा प्रथम हुने समूहले नगद तीन लाख पाउने कँडेलले जानकारी दिए । यस्तै द्धितीय र तृतीय हुने समूहले क्रमशः ५० हजार र २५ हजार पाउँनेछन् ।  प्रतियोगिता सुरु भएसँगै फेसबुकमार्फत पनि अनलाइन हाजिरीजवाफ समेत सञ्चालन गरिएको संस्थाले जनाएको छ । फेसबुकको एक्सपर्ट आइएलटिएस पेजमा हरेक १५ दिनमा एउटा प्रश्न सोध्ने र त्यसको सही जवाफ पठाउने मध्येबाट एक जनालाई गोलाप्रथा गरेर विजयी घोषणा गरिने उनले जानकारी दिए । यो प्रतियोगितामा मुलुकभरका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । यसरी विजयी हुने विद्यार्थीको एक महिनाको शुल्क बराबरको रकम हामीले उपलब्ध गराइने जनाइएको छ ।

विद्यार्थीलाई अध्ययनशील बनाउन तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले यो वृहत प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । प्रतियोगिता फागुनसम्म चल्नेछ । यसैबीच एक्सपर्टको आयोजनामा शुक्रबार नैं अष्ट्रेलियामा अध्यन गर्न चाहने विद्यार्थीहरुका लागि सेमिनार समेत सम्पन्न भएको छ । सेमिनारमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रम निर्देशक रोशन कँडेलको अध्यक्षता तथा कार्यक्रम संयोजक कमल ज्ञवालीको सञ्चालनमा भएको हो ।

 

 

0 प्रतिकृयाहरू प्राप्त

To Top