प्रतिवेदन एक दुई दिनमै सार्वजनिक : भन्सार चोरी निकासी प्रकरण

समाज भाद्र १ २०७४ .
Bhairawa

भैरहवा, १ भदौ । भन्सार कार्यालय भैरहवाबाट अवैध रुपमा एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाह ट्रक निकासीबारे बुझ्न गठित छानविन टोलीले आफ्नो काम सकिन लागेको र अबको १–२ दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ ।

छानविन समितिले भैरहवामा आयोजना गरेको भैरहवाका भन्सार एजेण्ट र सञ्चारकर्मिका सुझाव संकलन कार्यक्रममा छानविन टोलीका संयोजक भन्सार बिभागमा निर्देशक दिव्या पोखरेलले शनिबार या आईतबार सम्म प्रतिवेदन बुझाउने बताए । उनले यस घटनामा दोषी देखिएका उपर कानुन अनुसार कार्यवाही हुने प्रतिवद्धता समेत दोहोराएका छन ।

टोलीले भन्सार कार्यालय भैरहवामा हुने गरेका अनियमितता तथा यसको रोकथाम र कसरी भन्सारलाई राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्दै भैरहवाका क्रियाशिल पत्रकार तथा भन्सार एजेण्टहरुले भैरहवा भन्सार कार्यालयमा बिभागले निगरानी बढाउनु पर्ने बताए । भन्सार कार्यालयमा ब्यापारी र कर्मचारीहरुको मिलेमतोमा लामो समय देखी संस्थागत भ्रष्टाचार हुदै आएको उनिहरुको भनाई थियो ।

भन्सारमा भन्सार कर्मचारीहरुको मिलेमतोमा ब्यापारीहरुले आफ्नो समानलाई कम मूल्यको देखाउने गरेको कारण सम्पूर्ण प्रणलीलाई बैंक मार्फत लैजानु पर्ने नेपाल भन्सार एजेण्ट संघका अध्यक्ष कृष्ण घिमिरेले बताए । उनले भन्सारमा भएको घटना लज्जास्पद भएको टिप्पणी गर्दै सम्पूर्ण भन्सार एजेण्टहरुलाई न्यूनतम प्रतिनिधि राख्न सुझाव दिए ।

यसै गरि भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले भन्सारको घटनालाई सञ्चारकर्मिले अतिरञ्जित बनाएको आरोप लगाए । उनले अवैध रहेको ट्रक आफुले थाहा पाउन साथ नियन्त्रणमा लिएको बताउदै सञ्चारकर्मिले अवैध रुपमा भन्सार पास गराएको खबर गलत रहेको दावी गरे ।

भैरहवा भन्सार कार्यालयले एउटै प्रज्ञापन पत्रबाट एक भन्दा बढी मालवाहक ट्रक अवैध रुपमा निकासी गरेको समाचार बिभिन्न सञ्चारमाध्यमबाट प्रकाशन एवम प्रसारण भएका थिए । यस अघि पनि भैरहवा भन्सार कार्यालयबाट यस्ता ट्रकहरु छिर्ने गरेको आरोप लागे पनि साउन २६ गते भन्सार कार्यालयका भन्सार अधिकृत मान बहादुर विश्वकर्मा, जाचकी अतुल शर्मा लगायतले ट्रक जाच नै नगरी अर्कै ट्रकको प्रज्ञापन पत्रबाट छिराउन खोजेका थिए । ना४ख ४१२६ नम्बरको ट्रक र ना६ख ५६३५ नम्बरको प्रज्ञापन पत्र एउटै रहेको थियो ।  सो घटनामा छानविनको लागी भन्सार बिभागले भन्सार कार्यालयका भन्सार अधिकृत मान बहादुर विश्वकर्मा सहित नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीलाई विभागले विभागमा तानेर घटनाको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top