रुपन्देहीको देवदहमा पुल भासिदा समस्या

समाज भाद्र १ २०७४ .
Ekhabarnepal

रुपन्देही ,भद्रौ १ । रुपन्देहीको देवदह नगरपालिका–३ टटेरा र देवदह–८, मुखिया टोल जोड्ने पुल भासिदा आवात जावतमा समस्या भएको छ । विगत केही दिन देखि लगातार परेको बर्षाका करण उक्त पुल भासिदा स्थानीयवासी आवात जावतमा समस्या भएको हो । देवदह–३, को टटेरा निवासी स्थानीयवासी उक्त पुल हुदै खैरेनी तर्फ आउने गरेपनि बर्षाका कारण पुल भासिए पछि घुमेर आउनु परेको स्थानीयवासीहरुको भनाई रहेको छ ।

देवदह नगरपालिकाको लगानीमा निर्माण गरिएको उक्त पुल लगातार परेको बर्षाका करण भासिए पछि विकल्पको रुपमा कुनै बाटो नहुदा स्थानीयवासीले दुःख खेप्नु परेको स्थानीयवासी लक्ष्मण सूर्यवंशीले बताउनु भयो । देवदह नगरपालिकाले पटक÷पटक गरी करिव २ लाख रुपैया लगानी गरेपनि निर्माण कार्य कमजोर भएकार कारण बाढीले पुल भासिएको विज्ञहरुको भनाई रहेको छ ।

नगरपालिकाले लगानी गर्ने भौतिक निर्माण गर्दा प्राविधिक निरिक्षण नहुदा कमजोर भएको विज्ञहरुको भनाई रहेको छ । लगातार परेको बर्षाका करण पुल भासिए पछि स्थानीयवासीलाई आवत जावतमा समस्या भएपछि पुनः निर्माणको लागि पहल भईरहेको देवदह–८, का वडा अध्यक्ष दण्डपाणी भट्टराईको भनाई रहेको छ ।

उहाका अनुसार दुवै वडा मिलेर पुलको निर्माण यसै बर्ष गर्ने गरी काम अगाडि बढाईएको भट्टराईको भनाई रहेको छ । यस विषयमा नगरपालिका पनि सकारात्मक रहेकोले यसै बर्ष पुल निर्माण हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top