पुरातात्विक ‘कपिलवस्तु संग्रहालय’ ओझेलमा

समाज भाद्र १ २०७४ .
K

कपिलवस्तु भदौ १,– नेपालकै एक मात्र पुरातात्विक संग्रहालय “कपिलबस्तु संग्रहालय”को उचित ब्यवस्थापन, प्रचार—प्रसार र संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको छ ।


संग्रहालय स्थापना भएको ५ दशक हुँदा समेत सम्बन्धित निकायले संग्रहालयको ब्यबस्थापनका साथै र प्रचार—प्रसार गर्न नसक्दा ओझलमा परेको हो ।
७ बिगाहा क्षेत्रफलमा फैलिएको संग्रहालयमा  ईसा पुर्व आठौं, छैठौं शताब्दीको मौर्यकालीन, तेस्रो शताब्दीको सुङ्घकालीन, र कुसाङकालीन समयका माटाका भाँडा, चाँदीका सिक्का लगायतका बिभिन्न पुरातात्विक महत्व झल्कीने महत्वपुर्ण सामाग्रीहरु छन् ।


एसियाका तारा’ भगवान गौतम बुद्धले २९ बर्ष बिताएको तिलौराकोटमै रहेको यस संग्रहालयको स्थापना भएको लामो समय भएपनि संग्रहालयका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी नहुँदा “कपिलबस्तु संग्रहालय” नेपालको एकमात्र पुरातात्विक संग्रहालय भएपनि आझेलमा पर्दै आएको हो ।


प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थलका रुपमा मानिएको तिलौराकोटमा बर्षेनि ३५ हजार बढी पर्यटकले भ्रमण गर्ने गरेपनि छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने त्यसको १५ प्रतिशतले मात्र अवलोकन गर्ने गरेका छन् । आर्थिक बर्ष २०७२÷७३ मा आन्तरिक र बाह्य गरी २ हजार ९ सय ९४ जना पर्यटकले अबलोकन गरेका थिए भने यस वर्ष कुल ४ हजार ९ सय ४९ पर्यटकले अबलोकन गरेको संग्रहालयमा प्रमुख सुवास कृष्ण डंगोलले जानकारी दिए । अघिल्लो बर्षको तुलनामा यस बर्ष संग्रहालयमा अनुमगन गर्नेहरु दोब्बर भएपनि त्यो संख्या निकै कम रहेको प्रमुख डंगोलले बताए ।


तिलौराकोटमा आएका पर्यटक मध्ये कमले मात्र यस संग्रहालयको अबलोकन गर्ने गरेका छन् । संग्रहालयको पुरानो भवन जीर्ण भएपछि अहिले नयाँ भवन निर्माण भइरहेको छ । नयाँ भवन निर्माण ६ महिना भित्र पुरा हुने जनाइएको छ । भगवान गौतम बुद्ध र उनका पिता राजा शुद्धोधनसंग संबन्धित प्राचीन बस्तु राख्ने र्याक धमिराले खान थालेको छ ।


त्यतिमात्र हैन, जापानिज प्रोफेसर नाकामुराले तिलौराकोटमा सन् १९६७ देखि ७७ सम्म उत्खनन् गरी पाईएका बस्तुहरु राखिएका काठको बाकस समेत धमिराले खान थालेका छन् ।अधिकांश बिदेशी पर्यटकहरु भारत हुदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी हुदै सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको संग्रहालयका सुचना अधिकृत शंकर धितालले बताए ।
 

 

प्राप्त प्रतिकृयाहरू

To Top